
काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने जनाइएको छ ।
आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ । साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषयहरुमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्