२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चितवनमा दुर्घटना हुँदा दुई जनाको मृत्यु


1.183k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

नारायणघाट–मुग्लिन सडकको भतेरीमा बिहान ६ बजे मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको डीडी ०१ एल ९१६१ नम्बरको भारतीय कन्टेनर ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारतीय कन्टेनरका चालक भारतको उत्तर प्रदेशका २४ वर्षीय हेहताव आलम र ट्रकका चालक पर्साको वीरगञ्ज–२४ का ४० वर्षका प्रमोद पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरु दुवैको उपचारका क्रममा मृत्यु भएको हो ।

भारतीय कन्टेनरका सहचालक भारतको गोरखपुरका २२ वर्षीय सावन अहमदको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।