
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताउनुभएको छ ।
शनिबार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु नेपालका महत्वपूर्ण सम्पती भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालमा मात्रै यस्ता संस्कृति र संस्कार रहेको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपाल प्रतिभा र साहित्यको उर्वर भूमि रहेको बताउनुभयो । युगकवि सिद्धिचरण श्रेष्ठ लगायतका युगान्तकारी व्यक्तिहरुले नेपालमा जन्म लिएर नेपालको साहित्यलाई धेरै माथि लगेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको साहित्य अगाडि बढ्न खोजेपनि कुन बाटो लिने र कसरी अघि बढ्ने भन्ने बहस चलिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्