
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ ।
देउवाको शरीर एमालेतिर भएपनि भावना आफूहरुसँग रहेको जिकिर गर्दै अध्यक्ष नेपालले सत्ता सहकार्य राम्रो मनसायले भएको को कि होइन रु भनेर बुझ्नुपर्ने बताउनुभएको हो ।
पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवालाई आफूले बोलाएको जानकारी दिँदै उहाँले केपी ओलीले नकारात्मक रुपमा लिन्छन कि भनेर उत्तालिएको हुनसक्ने टिप्पणी पनि गर्नुभयो ।
अध्यक्ष नेपालले सत्तारुढ दलप्रति लक्षित गर्दै संविधानमाथि आघात पु¥याउने कुनैपनि सैह्य नहुने बताउनुभयो । उहाँले संविधान संशोधन जस्तो विषयलाई गुपचुपमा गर्न नसकिनेतर्फ पनि का.ग्रेस एमालेलाई सचेत गराउनुभयो ।
अध्यक्ष नेपालले समाजवादी मोर्चालाई अघि बढाउनका लागि जरुरी रहेको उल्लेख गर्दै त्यसमा पहल गर्र्ने काम आफूले गरिरहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्