२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इजरायल नियन्त्रित फुटबल मैदानमा आक्रमण


780
Shares

एजेन्सी । इजरायलको कब्जामा रहेको गोलान हाइट्सको फुटबल मैदानमा लेबनानी लडाकु समुहले गरको रकेट प्रहार हुँदा बालबालिका र युवासहित १२ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका छन् ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले जनाए अनुसार लेबनानी लडाकु समूह हिजबुल्लाहद्वारा प्रहार गरेको रकेट माजदल शम्सको ड्रुज सहरको फुटबल मैदानमा खसेको हो । पेलेस्टाइन नियन्त्रित उक्त क्षेत्र इजरायलले केही समय अघि नियन्त्रणमा लिएको हो ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाह विरुद्ध बदला लिने वाचा गर्दै उक्त समूहले ठूलो मूल्य चुकाउनु पर्ने चेतवनी दिनुभएको छ । यस घटनाले इजरायल र हिजबुल्लाह बीचको युद्ध थप चर्केने सम्भावना बढेको छ । उक्त समुहले अक्टोबरमा इजरायल–गाजा युद्धको प्रकोप पछि नियमित रूपमा इजरायलमा गोलीबारी जारी राखेको छ ।

हिजबुल्लाहले गरेको यो आक्रमण इजरायलको उत्तरी सिमानामा अक्टोबर ७ मा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमण भएको इजरायलले बताइरहँदा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफले आक्रमणको जिम्मेवारी अस्वीकार गरेका छन् । आक्रमण इजरायली इन्टरसेप्टर रकेटले विस्फोट गराएको दाबी उनको छ । आक्रमणमा मारिएकाहरु १० र २० वर्षका उमेर समुहका छन् ।