
फाइल तस्बिर
काठमाडौं । पहिरोका कारण डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षाले गर्दा विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
तनहुँतर्फ बेंसीशहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खरखरे भीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेको छ भने यस सडकका विभिन्न स्थानहरुमा समेत पहिरो खस्ने क्रम जारी छ ।
सडक अवरुद्ध हुँदा यो सडक हुँदै आवातजावत गर्ने यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस्