
एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुुरो आउँदो कार्यकालका लागि पनि निर्वाचित भएका छन् ।
आज सकिएको मतगणनामा मदुरोले ५१ दशमलव २० प्रतिशत मत प्राप्त गरेर विजयी भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
मदुरोले ५१ दशमलव २० र उनका मुख्य प्रतिस्पर्धी एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाएका हुन् ।
चुनावमा धाँधली भएको विपक्षी पार्टीको दाबी छ । लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएपछि निकोलस मडुरोले आफ्नो जीतलाई शान्ति र स्थिरताको जीत भएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्