२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै


208
Shares

काठमाडौं । आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठक आज अपरान्ह साढे ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ ।

समिति सभापतिका लागि नेपाली काँग्रेसबाट सांसद कुसुम थापा मगरले उम्मेदवारी दर्ता गर्नुभएको छ । यसअघिकी सभापति डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेसँगै कृषि समितिको सभापति रिक्त रहेको थियो ।

सोमवार उम्मेदवारी दर्ता गराउनुभएकी थापा मगरको प्रश्तावक काँग्रेस सांसद वीरबहँदुर बलायर र नेकपा एमालेका सूर्यप्रसाद ढकाल समर्थक हुनुहुन्छ ।