
एजेन्सी । बेलायतमा छुरा प्रहार हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् ।
बेलायतको नृत्य कार्यशालामा प्रवेश गरेका एक युवकले बालबालिकामाथि जथाभावी छुरा प्रहार गरेको हो । बेलायतको साउथपोर्टको हार्ट स्ट्रीटमा बालबालिकामाथि छुरा प्रहार हुँदा बचाउन खोज्ने दुई वयस्कहरूको अवस्था गम्भीर छ ।
छुरा प्रहार गर्ने १७ वर्षीय युवकलाई पक्राउ गरिएको छ । आक्रमणको कारण स्पष्ट भएको छैन । गर्मीका कारण बिद्यालय बन्द हुँदा नृत्य कर्यशालामा आवद्ध भएका ६ देखि १० वर्षसम्मका बालबालिकाकामाथि छुरा प्रहार भएको हो ।
प्रतिक्रिया दिनुहोस्