
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सचिवहरूलाई मन्त्रालयका कामको प्रगति र भावी योजनाबारे निर्देशन दिनु हुनेछ ।
प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई एकै ठाउँ राखेर मन्त्रालयका कामको प्रगति र भावी योजनाबारे निर्देशन दिनुहुने भएको हो ।
आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले सबै सचिवहरुसँग मन्त्रालयका कामका अहिलेको अवस्था र भावी योजनाका विषयमा गएको आइतबार साउन १३ गते सुझाव लिनुभएको थियो । सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजना, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे ब्रिफिङ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्