९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बेरुजु नरहोस् भन्नेमा सरकारले जोड दिएको छ : प्रधानमन्त्री ओली


104
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बेरुजु नरहोस् भन्नेकुरामा जोड दिएर काम गरिरहेको बताउनुभएको छ ।

मंगलबार त्रिभुवन विश्वविद्यालय (त्रिवि)को विश्वविद्यालय सभा बैठक (सिनेट)मा प्रधानमन्त्री ओलीले बेरुजुको मात्रा बढी देखाएर केही फाइदा नरहेको भन्दै डिक्लियर बेरुजुलाई कसरी समाधान गर्ने भन्नेमा संसदमा छलफल गरिरहेको बताउनुभयो । उहाँले त्रिभूवन विश्वविद्यालयको बेरुजु नबढेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिले त्रिविको बेरुजु २८ अर्बको देखिएपनि २ वर्षको संपरीक्षण गर्न नपाउँदा ६ अर्ब बढी बेरुजु देखिएको बताउनुभयो । उहाँले २ वर्षको संपरीक्षण गर्ने हो भने २२ अर्बमात्रै बेरुजु रहेको बताउनुभयो । बेरुजु बढेर भयावह स्थिति भएको नभइ पहिलाको स्थितिमा खासै सुधार ल्याउन नसकिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्दा कुनै समस्या नआउने पनि स्पष्ट पार्नुभयो । अन्तिममा प्रधानमन्त्रीमै गएर समस्याहरु जुध्ने भएकाले विश्वविद्यालयका समस्या विभिन्न ठाउँमा पु¥याइ धाइरहनु भन्दा प्रधानमन्त्री नै कुलपति भएको खण्डमा सिधा सम्पर्क रहने जिकिर गर्नुभयो ।