
काठमाडौं । सोमबार सामान्य अंकले करेक्सन आएको शेयर बजार मंगलबार पुनः उकालो लागेको छ ।
मंगलबार बिहान शुरुवाती चरणबाटै घट्न शुरु गरेको बजार ५१ अंक भन्दा बढीले घटेपछि मध्यान्ह साढे १२ बजेपछि उकालो लाग्न थालेको थियो । बजार परिसूचक ३५ दशमलव ६५ अंकले बढेपछि नेप्से २८९६ दशमलव ५५ को विन्दुमा पुगेको छ ।
सोमबारभन्दा २ अर्ब बढीले कारोबार रकम घटे पनि नेप्सेमा रहेका १३ वटा मध्ये १० वटा उपसमूहमा हरियाली छाएको छ । होटल उपसमूह सर्वाधिक ५ दशमलव ९९ प्रतिशतले बढ्दा वित्त उपसमूह पनि ५ दशमलव ९८ प्रतिशतले बढेको छ ।
मंगलबार निर्जिवन वीमा, ब्यापार र म्युचुअल फण्ड उपसमूह भने झिनो अंकले घटेका छन् । मंलबारको बजारमा आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रो, साञ्जेन जलविद्युत, सीइडीबी हाइड्रो, नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल फाइनान्स र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सकिर्ट लागेको हो । तर एशियन हाइड्रोपावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक ६० करोड १० लाख रुपैयाँ बढीको शेयर खरिद विक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्