
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पत्ति राख्न नपाउने कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले सम्पत्तिको सीमांकन र विदेशमा सम्पती राख्न नपाउने कानून बनाउन जरुरी भएको उल्लेख गर्दै सांसद सुवालले सो व्यवस्था भए न्युन ज्याला, खराब कार्यस्थल लगायत अन्य विषयमा हुने हडताल र संघर्षलाई सम्बोधन गर्न सकिनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘धन कुवेरहरुको धन सामाजिकीकरण गर्नुपर्दछ । नेपाल सरकारको राजश्व चालु खर्च धान्न पनि अपुग हुने भएकाले एमाले कम्युनिष्ट र नेका समाजवादी पार्टी भए नेपालीको सम्पतीको सीमांकन र विदेशमा सम्पत्ति राख्न नपाउने कानून बनाउन जरुरी छ । यसले न्युन ज्याला, खराब कार्यस्थल लगायत अन्य विषयमा हुने हडताल र संघर्षलाई सम्बोधन गर्नेछ ।’
सांसद सुवालले धनीहरुको सम्पती सामाजिकीकरण गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्