
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न लागिएको भन्दै खेद व्यक्त गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा शक्ति र विदेशमा पढेको, अनुभव हासिल गरेको शक्ति भएको भन्दै उनीहरुलाई भ्रष्टाचारको आरोप लगाउन नसकिने बताउनुभयो । उहाँले पञ्चायतकालमा कांग्रेस, कम्युनिस्टलाई अराष्ट्रिय तत्व भनेजस्तै अहिले रास्वपालाई अराष्ट्रिय तत्वको रुपमा भाषय निर्माण गर्न खोजिएको भन्दै यसप्रति खेद व्यक्त गर्नुभयो ।
सांसद वाग्लेले राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकको रुपमा नेपाल नरहने भन्दै कस्तो खालको राष्ट्रवादको अभ्यासले नेपाललाई त्यहाँ पु¥याइएको हो भनि प्रश्न गर्नुभयो । उहाँले आफूहरु छिमेकी राष्ट्रहरुको उन्नयन र प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण राख्दै हाक्काहाक्की संवाद गर्नसक्ने बताउनुभयो । उहाँले रास्वपाले नयाँ कुटनीति र नयाँ राजनीतिको संस्कार बसाउन लागेको बताउनुभयो ।
सांसद वाग्लेले आफ्नो राष्ट्रवाद दैनिकीमा भल्किने र कर्ममा देखिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्