
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा तीन जना मन्त्रीहरु उपस्थित भएका छन् ।
मंगलवारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता उपस्थित हुनुभएको हो । साथै बैठकमा नेपाली सेनाका प्रतिनिधि, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रहरी महानिरक्षक राजु अर्याल, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति रहेको छ ।
बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा भएको हो । आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी विषयमा छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्