२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


६४ अंकले बढ्यो शेयर बजार


481
Shares

काठमाडौं । लगातार उकालो लाग्दै आएको शेयर बजारमा बुधबार उछाल आएको छ ।

६४ अंकले उकालो लागको बजारमा कारोबार पनि २२ अर्ब नजिक पुगेको छ ।

बुधबार शेयर बजारमा दुईवटा नयाँ रेकर्ड बनेका छन् । यो दिन दैनिक कारोबार मूल्य उच्च भएको छ भने दैनिक हुने कारोबारको संख्या तथा कारोबार भएका शेयरको संख्या समेत उच्च भएको छ ।

बुधबार शेयर बजारमा २१ अर्ब ९१ करोड १५ लाखको कारोबारको रेकर्ड बनेको हो । यसअघि सन् २०२१ जुलाई १५ का दिन २१ अर्ब ६४ करोड रेकर्ड बनेको थियो । यसरी हेर्दा ३ वर्षपछि नेप्सेले दैनिक कारोबार रकमको पुरानो रेकर्डलाई तोड्दै नयाँ इतिहास रचेको छ । यस्तै, यो दिन ३ सय ३२ कम्पनीका ५ करोड ९ लाख बढी कित्ता सेयर किनबेच भएको छ ।

यो पनि उच्च नै हो । २७ सय ६१ विन्दुमा पुगेको बजारमा सबै उपसुचकमा हरियाली छाउदा वित्त समूहमा सर्वाधिक ८ प्रतिशत बढीको वृद्धि आएको छ । लगानी समूहमा करिब ७ प्रतिशतको वृद्धि आउदा अन्य समूहमा ४ र बैक समूह ३ प्रतिशतको वृद्धि आएको अरु सबै समूह २ प्रतिशत बढीले उकालो लागेको छ ।

दर्जन बढी कम्पनीको मूल्यमा सकारात्मक लागेको नेप्सेले जनाएको छ । कारोबारको हिसाबमा बुधबार हिमालयन रिइन्स्योरेन्स, माउन्टेन इनर्जी, शिभम् सिमेन्ट अब्बल रहे । उच्च अंकले बढेको बजारमा १ सय ९१ कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको मूल्य भने घटेको छ ।