१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवनियुक्त तीन प्रदेश प्रमुखले आज शपथ लिँदै


715
Shares

काठमाडौं । नवनियुक्त तीन जना प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । बिहीबार राष्ट्रपति निवास शीलत निवासमा साँझ ५ बजेका लागि शपथ कार्यक्रम हुने तय भएको हो ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गर्नु भएको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि बागमती प्रदेश प्रमुखमा नेकपा एकीकृत समाजवादीका यादव चन्द्र शर्मा, लुम्बिनी प्रदेश प्रमुखमा नेकपा माओवादी केन्द्र निकट अमिक शेरचन र कर्णाली प्रदेश प्रमुखमा नेकपा माओवादी केन्द्रकै तिलक परियार रहेका थिए ।