८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सरकारी निवासमा पार्टीको बैठक नगर्ने प्रधानमन्त्रीको घोषणा


507
Shares

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ ।

उहाँले आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गर्नुभएको हो ।

मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

एमाले सचिवालय बैठक काठमाडौंको एउटा होटलमा आज बिहान ११ बजे बस्दैैछ ।