२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा करेक्सन


1.144k
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा झिनो अंकको करेक्सन आएको छ ।

मध्यान्ह साढे १२ बजे बजार बढेर २८ सय ५ को विन्दुमा पुगेको बजारमा १ बजेपछि भने उतार चढाव आएको थियो । अन्तिममा बजार परिसूचक नेप्से ५ दशमलव २९ अंकले घटेर २७५५ को बिन्दुमा बन्द भएको छ ।

कारोबार रहम भने लगभग हिजोकै हाराहारी पुगेको छ । आज कारोबारमा आएका ३३२ कम्पनी मध्ये १६४ वटा कम्पनीको शेयरमूल्य घट्दा ७४ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । सामान्य घटेको बजारमा वित्त, होटल तथा टुरिजम, लगानी, जीवन बीमा, म्युचल फण्ड र निर्जीवन बीमा उपसमूह भने बढेका छन् ।

बिहीबार ५ करोड १३ लाख कित्ता शेयर २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । बिहीबार ८ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । एचआइडिसीएल, नेपाल हाइड्रो डेपलभर, शुभम पावर, सिटी होटल, कुथेली बुखरी स्मल हाइड्रोपावर, प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स र सानिमा माइ हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा बिहीबार हिमालयन रि इन्सुरेन्सको सर्वाधिक ५९ करोड ७५ लाख माथिको कारोबार भएको छ ।