२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै


182
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ ।

पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठन भएको कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा गर्न तथा केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि बैठक बस्न लागेको बताइएको छ ।

साथै बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा समीक्षा गर्ने तथा पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।