१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुस र पश्चिमी मुलुकबाट २४ कैदी रिहा


65
Shares

एजेन्सी । रुस र पश्चिमी राष्ट्रहरुबीच अहिलेसम्मकै ठूलो कैदीबन्दी आदानप्रदान भएकोे छ । रुसले आफ्नो हिरासतमा रहेका १६ पश्चिमी नागरिकको रिहा गरेको बदलामा दुई नाबालिगसहित ८ रुसी बन्दीहरुलाई रिहा गरेको टर्की सरकारले जनाएको छ ।

टर्की सरकारले विज्ञप्ति जारी गदै २४ जना कैदीबन्दी आदानप्रदान भएको उल्लेख गरेको हो । ६ पश्चिमी राष्ट्रहरु र रुसबीच भएको कैदीबन्दीहरु अदलीबदलीमा अमेरिकी संवाददाता इभान गेर्शकोविच र अमेरिकी पाउल ह्वेलन पनि सामेल रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अङ्कारामा भएको एमआइटी राष्ट्रिय गुप्तचर सेवाद्वारा आयोजित ऐतिहासिक कैदी आदानप्रदान अभियानको चौतर्फी प्रशंसा गरिएको छ । वाल स्ट्रिट जर्नलका पत्रकार गेर्शकोविचलाई जासुसी गरेको आरोपमा रुसी अदालतले १६ वर्षको काराबास सजाय सुनाएको केही सातापछि रिहा गरिएको हो । रुसले छाडेका बन्दीहरूमा १३ जना जर्मनी र तीन जना अमेरिका फर्किएको पनि विज्ञप्तिमा जनाइएको छ ।

यसैगरि संयुक्त राज्य अमेरिका, जर्मनी, पोल्यान्ड, स्लोभेनिया, नर्वे, बेलारुस र रुसबाट कैदीहरू अङ्कारा पठाइएको बताइएको छ । टर्कीले यो कैदीबन्दी आदानप्रदानलाई ऐतिहासिक भनेको छ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादमिर पुटीनसहितका अधिकारीहरुले फर्किएका रुसीहरुलाई विमानस्थालमा स्वागत गरका थिए ।