३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


नेपाल डेरी एसोसिएसनको मोही अभियानमा कृषिमन्त्रीको साथ


260
Shares

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानमा संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीको साथ रहेको छ ।

दरबारमार्गस्थित ओरिएन्ट क्याफेमा शुरु भएको रैथाने एग्रो प्रोडक्ट्स मेलामा प्रत्येक शनिबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म प्रत्यक्ष ठेकीमा मोही बनाएर खुवाउने अभियानमा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी स्वयं उपस्थित भइ मोही बनाउन साथ दिनुभएको एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहालले बताउनुभयो ।

मोही अभियानले देशैभरि रौनकता पाएको बताउँदै धेरै डेरी उद्योगहरुले ब्रान्डिङ गरी मोही बजारमा ल्याएको एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताउनुभयो ।

एसोसिएसनले सुरु गरेको मोही अभियानका कारण विवाह, पार्टी, भोज, भतेर सबै शुभ कार्यमा मोहीले स्थान पाउने गरेको कुरा एसोसिएसनका सचिव शिवहरी आचार्यले बताउनुभयो । उहाँले दर्पण ब्रान्डमा आफ्नो उत्पादन समेत सुरु गर्नुभएको छ ।

नेपाल डेरी एसोसिएसनले विगत डेढ वर्षदेखि स्कुल, कलेज, सार्वजनिक कार्यक्रम सबैतिर मोही अभियान चलाइरहेको एसोसिएसनका उपाध्यक्ष दिपप्रसाद धमलाले बताउनुभयो ।

एसोसिएसनले दूध तथा दुग्ध पदार्थ खपतका लागि विद्यालयमा उपभोग बढाउने उद्देश्यले कविता प्रतियोगिता, वक्तित्व कला प्रतियोगिता आदि विविध कार्यक्रम गर्ने गरेको बताइएको छ ।