९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


काभा महिला भलिबलमा नेपाल र माल्दिभ्स भिड्दै


6.617k
Shares

काठमाडौं । काभा वुमेन्स नेसन्स भलिबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । खेल आज दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

नेपालले भारत र श्रीलंकालाई जितेको छ भने इरानसँग पराजित भएको छ । माल्दिभ्स भने सबै खेलमा पराजित छ । सात अंकसहित भारत शीर्ष स्थानमा रहँदा समान ७ अंक नै रहेको इरान दोस्रो स्थानमा छ । नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ ।

शीर्ष स्थानमा रहने टिमले चौथो स्थानको टिमसँग प्रतिष्पर्धा गर्नेछ भने दोस्रो र तेस्रो टोली एक आपसमा भिड्नेछन् । आजको खेल भारतले जितेको खण्डमा नेपालले इरानसँग प्रतिष्पधा गर्नुपर्ने हुन्छ भने भारत पराजित भएको खण्डमा समीकरणमा फेरबदल हुनसक्नेछ ।