
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको बताउनुभएको छ । मंगलवार नेपाल स्काउटको आयोजनामा भएको दीक्षान्त समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
खेलकुदमन्त्री चौधरीले स्काउटको भुमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको पनि उल्लेख गर्नुभयो । उहाँले सात लाख स्काउट सदस्य बनाउने लक्ष्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले स्काउटको स्तर वृद्धिका लागि आवश्यक परे ऐन संशोधन गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।
खेलकुदमन्त्री चौधरीले भन्नुभयो, ‘यो सामाजिक संस्था हो, यसले शैक्षिक र सामाजिक आन्दोलनमा अहं भुमिका खेल्छ । चरित्र निर्माणमा निकै राम्रो भुमिका खेल्छ । स्काउटलाई ७५३ वटै स्थानीय तहमा पु¥याउनसके राम्रो हुनेछ ।’
मन्त्री चौधरीले सरकारले आर्थिक, सामाजिक र ऐनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्