२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बागलुङमा पहिरो जाँदा एक जनाको मृत्यु, चार घर पुरिए


1.287k
Shares

काठमाडौं । बागलुङमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । पहिरोले चार घर पुरिएका छन् ।

बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले घर पुरिँदा १५ वर्षीय विधान परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

यस्तै बडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरोले तीनवटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । पहिरोले पुरिएका ती घरमा मानिस रहेको वा नरहेको यकिन हुन सकेको छैन ।