
फाइल तस्बिर
काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका– १ स्थित बिसौनामा पहिरोले चार जनाको मृत्यु भएको छ ।
पहिरोले दुई वटा घर पुर्दा चार जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त घटनामा परी दुई जना घाइते भएका छन् ।
मंगलबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिँदा यो घटना भएको हो । गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पहिरोमा परी ४८ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र साढे २ वर्षीया रियन्सा विकको मृत्यु भएको हो ।
त्यस्तै मुना विक र विष्णु विक घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्