
काठमाडौं । काभा महिला भलिबल लिगमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार भएको खेलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
नेपालले खेल २५–२१, २८–२६, २५–२० ले आफ्नो पक्षमा पारेको हो ।
यसअघि आजै भएको अर्को सेमिफाइनलमा भारत फाइलनमा पुगेको थियो । श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको हो । भारतले २५–१५, २५–१६ र २५–२३ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । सुरुआती दुई सेट सहजै आफ्नो पक्षमा पारेको भारतले तेस्रो सेटमा भने केही संघर्ष गर्नुपरेको थियो । अब भोलि हुने फाइनलमा नेपाल र भारतबीच प्रधिस्पर्धा हुने छ ।
प्रतिक्रिया दिनुहोस्