२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा मोहम्मद युनुस चयन


2.353k
Shares

एजेन्सी । बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ ।

राष्ट्रपति मोहम्मद शाहबुद्दीन, सैन्य नेताहरू र आन्दोलनरत विद्यार्थी समूहका प्रमुखहरू बीचको बैठकमा यो निर्णय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आरक्षण कोटाविरुद्ध विद्यार्थीको आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई देश छोड्न बाध्य पारेपछि अन्तरिम सरकार गठन भएको हो । बंगलादेशको सत्ता सेनाले लिने उद्घोष गरेपनि विद्यार्थी संगठनले बहिष्कार गरेपछि अन्तरिम सरकारको सल्लाहाकारका रुपमा युनुसलाई चयन गरिएको हो ।

सल्लाहाकारमा नियुक्त भएलगत्तै प्रतिक्रिया दिँदै युनुसले विद्यार्थीहरुको त्याग र बलिदानीलाई आफुले सहर्ष स्वीकार गरेको बताउनु भएको छ । सल्लाहाकारमा आफनो नाम प्रस्ताव भएसंगै उहाँ आज फ्रान्सबाट ढाका फर्कदै हुनुहुन्छ ।

यसअघि बंगलादेशको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जनतालाई संकटबाट बाहिर निस्कन सहयोग गर्न आग्रह गरेको छ ।