२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जापानमा ७.१ म्याग्नेच्‍युडको भूकम्प


3.549k
Shares

एजेन्सी । जापानमा ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प गएको छ ।

मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु रबनाएर भूकम्प गएको हो ।

भूकम्पलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको खतरा रहेको भन्दै सचेत रहन चेतावनी जारी गरेको छ ।

भूकम्पबाट मियाजाकी, कोची, ओइटा, कागोशिमा र इह्मी प्रान्तहरुमा सुनामी आउन सक्ने बताइएको छ ।

तटीय क्षेत्रका वासिन्दालाई समुन्द्री किनारबाट टाढा जान पनि भनिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आईसकेको छैन ।