
काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
महानगरले बिहीबार नेपाली टिमका प्रत्येक सदस्यलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
टिमका सबै सदस्यलाई एक लाखको चेक हस्तान्तरण गरिएको महानगरले जनाएको छ । प्रतियोगिताको लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको फाइनलमा भने नेपाली टिमले त्यसलाई कायम राख्न नसक्दा फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।
साउन १७ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको खेलमा नेपाल र भारतसँगै इरान, श्रीलंका र माल्दिभ्स गरी पाँच टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्