२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


समुदायमा आधारित बनाउनसके मात्रै वनको संरक्षण हुन्छ : रक्षामन्त्री राई


234
Shares

काठमाडौं । रक्षामन्त्री मानवीर राईले समुदायमा आधारित बनाएमात्रै वनहरुको संरक्षण हुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रक्षामन्त्री राईले यस्तो बताउनुभएको हो ।

रक्षामन्त्री राईले सामुदायिक वनमा आधारित भएर वन जंगलको संरक्षण हुने जिकिर गर्नुभयो । उहाँले सामुदायिक वनहरुको सुरक्षा गर्ने नीति अवलम्वन गर्न जरुरी रहेको बताउनुभयो ।

रक्षामन्त्री राईले समुदाय जस्तै वन जंगलको पनि संरक्षण र संवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले घाँस, दाउरा र काठको उपयोगका लागि मात्रै नभइ जनजीवनमा पर्ने प्रभावलाई हेरेर वन जंगलको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले वनजंगलको संरक्षणसँगै पर्यटनको विकास हुने बताउनुभयो ।

रक्षामन्त्री राईले वनजंगलमा रहेका अहिलेका बोटबिरुवाको संरक्षण मात्रै गर्नसके पनि पर्याप्त हुने बताउनुभयो ।