२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


योग्यताअनुसार व्यवहार गर्न जान्नुपर्छ : अध्यक्ष बिजुक्छे


0
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पद र योग्यताअनुसार व्यवहार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले आफ्नो ठाउँ, पद, योग्यता अनुसार व्यवहार गर्नु नै शिष्टाचार हुने जिकिर गर्नुभयो । उहाँले पदअनुसारको व्यवहार गर्न जान्नसके मात्रै सफल भइने बताउनुभयो । उहाँले जीवन संघर्ष भएकाले सिकेर अघि बढ्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी आफ्नो ठाउँअनुसार, पदअनुसार,योग्यताअनुसार ठाउँमा बस्नुपर्छ । त्यो न शिष्टाचार हो । पदअनुसारको व्यवहार हामीले गर्नुपर्छ । जीवन संघर्ष हो भन्ने हामीलाई थाहा छ, हामीले सिक्नुपर्छ । जुन विषयमा कमजोर छौँ त्यसमा बढी जोड दिनुर्पछ । संघर्ष गरिरहनु पर्छ ।’

अध्यक्ष बिजुक्छेले संघर्षलाई कहिल्यै पनि छोड्न नहुने बताउनुभयो ।