
काठमाडौं । पेरिस ओलम्पिकको अन्तिम दिन आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले महिला म्याराथनमा खेल्दैछिन् ।
युनिभर्सियालिटी कोटाबाट पेरिस ओलम्पिक्समा सहभागी भएकी सन्तोषी गत १५ गते पेरिस पुगेकी हन् । ५ वर्षअघि उनले नेपालका लागि १३औं दक्षिण एसियाली खेलकुद साग मा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन ।
पेरिस ओलम्पिक्समा नेपालबाट सात खेलाडी सहभागी भएका थिए । जसमध्ये ६ खेलाडी फर्किसकेका छन् । पौडीका एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए । यस बाहेक अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्