
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो ।
उपप्रमुख डंगोलले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न सम्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रह÷पूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले युवा परिषद्ले बनाउने मेनिफेस्टो युवाहरुको भविष्य र आगामी पुस्ताको पनि हितका लागि बन्नुपर्ने बताउनुभयो ।
उपप्रमुख डंगोलले साझा मूल्यहरुलाई अघि बढाउन सक्नेगरी निर्माण हुनुपर्ने बताउनुभयो । उहाँले सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउँदैछौँ भन्ने भावनामा केन्द्रित हुन जरुरी रहेको बताउनुभयो ।
उपमेयर डंगोलले आफूले सोचेको जस्तो भविष्य बनाउन सबै एकजुट भइ देश विकासमा लाग्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्