६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भन्सार छलीको सामाग्री बरामद


143
Shares

काठमाडौं । बाराको अमलेखगञ्ज ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याएको ७१ लाख बराबरको सामान बरामद गरेको छ ।

जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २१ अमलेखगंजबाट चितवनतर्फ जाँदै गरेको ना ३ ख ३९५० नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त सामान बरामद भएको प्रहरीले जनाएको छ ।

बिलबिजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेको र सपोर्टीङ बिल नभएको सामानको अन्दाजी मूल्य ७१ लाख ६७ हजार बढी देखिएको प्रहरीले जनाएको छ ।

बरामद सामग्रीमा कस्मेटिक, तयारी लत्ताकपडा, मिल पार्टस तथा खुद्रा सामानहरू रहेको जनाइएको छ ।
बरामद सामान सहित ट्रकलाई आन्तरिक राजश्व कार्यालय, पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।