
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको महामन्त्री थापाको टिप्पणी थियो । उहाँले मन्त्रीहरुलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने बताउनुभयो । उहाँले कामको आधारमा मन्त्रीहरुको प्रशंसा र आलोचना दुवै गर्ने पनि बताउनुभयो । मन्त्रीहरुले गलत काम गरे आफूले आलोचना गर्ने महामन्त्री थापाले बताउनुभयो ।
महामन्त्री थापाले मन्त्रीहरुलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव दिनुभयो । सरकारका मन्त्रीहरुलाई काम गर्नका लागि आफूले सदा साथ दिने महामन्त्री थापाले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
महामन्त्री थापाले एक महिनाको अवधिमा कार्ययोजना बनाउने काममा मन्त्रीहरुले समय व्यतित गरेको आफूले बुझेको उल्लेख गर्दै अब काममा तिब्रता दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्