२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसदभित्रै लाग्यो मुर्दावादको नारा


2.093k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले संसदभित्रै मुर्दावादको नारा लगाउनुभएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति पोखरेलले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा आफ्नो चरित्र हत्या भएको भन्दै मुर्दावादको नारा लगाउनुभयो ।

सभापति पोखरेलले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा प्राप्त प्रमाण तथ्यहरु भएको भन्दै प्राप्त प्रमाण तथ्यहरुलाई कसैले असत्य प्रमाणित गरे टँुडिखेलमा झुण्डिन तयार रहेको बताउनुभयो । उहाँले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा अख्तियारमाथि पनि प्रश्न उठेको बताउनुभयो ।

सांसद पोखरेलले अख्तियारलाई २०७६ सालमा सार्वजनिक लेखा समितिले गम्भिर विषयमा अध्ययन र विश्लेषण गरी कारबाही गर्नु भनेर दिएको निर्देशनलाई लामो समयसम्म छलफल नगरेको र कारबाही नगर्दा आज गम्भिर परिस्थितिको सिर्जना भएको बताउनु भयो । उहाँले अख्तियार जस्तो संस्थाले पनि नेपाली जनताले बुझ्ने गरी राज्यप्रति जिम्मेवार भएर भ्रष्टाचार विरुद्धको अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

सांसद पोखरेलले डेडिकेटेड ट्रंकलाइन वक्यौताका तथ्य र प्रमाण रहेको भनाईलाई कसैले असत्य प्रमाणित गरिदिए टुडिखेलमा राखेर झुण्डिन तयार रहेको बताउनुभयो ।

सभापति पोखरेलले विद्युत प्राधिकरणको १६ अर्ब छुट दिने क्रान्तिकारी हुने तर २२ अर्ब उठाउनुपर्छ भन्ने भ्रष्टचारी कसरी हुन्छ रु भन्दै प्रश्न गर्नुभयो । उहाँले अघिल्लो सरकारले १६ अर्ब कुन सेटिङमा छुट गरिएको भन्दै प्रश्न गर्नुभयो । उहाँले राज्यको यत्रो ठूलो सम्पती दुरुपयोग गर्न नमिल्ने भन्दै वक्यौता रकम उठाउनको लागि समिति लागि परेको बताउनुभयो । उहाँले महालेखाले वक्यौता तिर भनेको २२ अर्बमा सार्वजनिक लेखा समितिमा छलफल नै नगरी १६ अर्ब छुट दिन नमिल्ने उल्लेख गर्नुभयो ।

पोखरेलले आफूलाई विद्युतको वक्यौता महशुल उठाउनु पर्छ भन्दा भ्रष्टाचारीको आरोप लगाइएको बताउनु भयो । तर माओवादीका मन्त्री हुँदा सरकार, विद्युत प्राधिकरण र व्यवसायीको मिलेमतोमा आयोग बनेर व्यवसायीलाई विद्युत महशुलमा छुट दिने काम गरिएको बताउनु भयो । उहाँले पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८१ वैशाख २७ गते सो निर्णय गरेको जानकारी दिनुभयो । उहाँले तत्कालीन सरकारले बनाएको आयोगले १६ अर्ब रुपैँया छुट दिएको बताउनुभयो ।

तत्कालीन मन्त्रीपरिषद्को बैठकले एकै दिन दुई खालका निर्णय गरेर यस्तो काम गर्नुको पछाडि आर्थिक चलखेल भएको उहाँको भनाइ छ । नेपाल विद्युत प्राधिकरण भित्र व्यापक अनियमितता भएको उहाँले बताउनु यो । विद्युत प्राधिकरणले आफूलाई आवश्यक पर्ने भन्दा बढी सामान हेटौँडा र भक्तपुरमा किनेर थुपारेको पोखरेलले बताउनुभयो । उहाँले आफूबाट एउटा टिपोर्ट बाहिरिएको विषयमा पनि स्पष्टीकरण दिनुभयो । व्यापारी र नेपाल विद्युत् प्राधिकरणको ‘दलाल’ले उक्त टिपोर्ट बाहिर ल्याएको भन्दै आरोप लगाउनुभयो ।

जनताको प्रतिनिधि व्यापारी र प्राधिकरणको दलाल हुन नहुने बताउनुभयो ।