९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


टिआरसी विधेयक संसदको चालु अधिवेशनबाटै पारित गर्छौं : प्रधानमन्त्री ओली


728
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालिन न्याय (टिआरसी) विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुने बताउनुभएको छ ।

मंगलबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रतिनिधि सभामा पेश गरिएको सो विधेयकबारे बुधवार राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राख्ने कार्यसूचि तय गरिएको छ ।

प्रधानमन्त्री ओलीले नेताहरुले आफ्नो धारणा राखेपछि २ दिन भित्र सो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताउनुभयो । उहाँले सो विधेयक संसदबाट पारित हुनुलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सो विधेयकलाई पीडितमैत्री भएर अघि बढाइएको दाबी समेत गर्नुभयो । उहाँले सो विधेयकबारे अन्तर्राष्ट्रिय समुदायले सक्रियतापूर्वक चासो राखेको र त्यसलाई सफलताका साथ अघि बढाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संक्रमणकालिन न्यायलाई सफलतापूर्वक अघि बढाउन नेपालले वाह्य नक्कल गरिरहन आवश्यक नभएको पनि बताउनुभयो ।