९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग छ : प्रधानमन्त्री ओली


130
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग रहेको बताउनुभएको छ ।

लोकतन्त्रविरुद्ध सामाजिक वन्धन, नैतिक वन्धन, इमानको वन्धनको वास्ता नगरेर चल्ने खालको केही प्रवृत्तिहरु मुलुकमा प्रकट भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्तिबाट कसरी देशलाई मुक्त गर्ने रु भन्ने बारेमा सरकार सचेत रहेको बताउनुभएको हो ।

बुधवार प्रतिनिधि सभा बैठकमा मुलुकको समसामयिक परिस्थितिबारे आफ्नो धारणा राख्दै उहाँले यस प्रवृत्तिलाई निस्तेज पार्न सरकार सजग रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले केही वाञ्छित उपलब्धिहरु हासिल नभएको भन्दैमा ती विषयलाई अतिरञ्जनाका साथ प्रश्तुत गरेर प्रणालीकै विरुद्ध जाने खालको अभिव्यक्तिहरु सरकारका लागि सैह्य नहुने स्पष्ट पार्नुभयो । उहाँले लोकतान्त्रिक प्रणाली विरुद्ध देखापरेका प्रवृत्तिबाट देशलाई मुक्त गराउने काममा सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई अपनाउने सम्बन्धमा राजनीतिक दलहरुबीच फरक मत नभएको पनि बताउनुभयो ।