
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु नहुने बताउनुभएको छ ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले शान्ति प्रक्रियामा सबैलाई अटाएर लैजानुपर्ने बताउनुभयो । उहाँले कसरी टुंग्याउने भन्नेकुरामा मात्रै छलफल हुँदा त्यस बेलाका पीडित पक्षलाई नछोइएको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले द्वन्द्व कसका कारण र कसका लागि भयो रु भन्ने मुख्य कुरा रहेको भन्दै युद्ध गर्नेले जनयुद्ध भन्दा हुने तर सबैले भन्नुपर्छ भन्नेकुरा मान्य नहुने बताउनुभयो । त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै दोहोरिन दिनु नहुने बताउनुभयो ।
अध्यक्ष लिङदेनले सम्झौताको एउटा पक्ष तत्कालीन राजालाई स्मरण गर्नुपर्ने भएपनि नसम्झिएको भन्दै आपत्ति जनाउनुभयो । शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने भुमिका खेलेबापत तत्कालिन राजालाई राजनीतिक दलहरुले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताउनु भयो । आफूले मौका पाउने बित्तिकै अरुलाई बिर्सिन नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्