
काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले टिआरसी (संक्रमणकालीन न्याय सम्बन्धि) विधेयक शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी आएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक बर्तौलाले दाबी गर्नुभएको हो ।
प्रमुख सचेतक बर्तौलाले सो विधेयक पीडितमैत्री रहेको पनि बताउनुभयो । सशस्त्र द्वन्द्वकालका पीडितहरुले न्याय पाउने गरी सो विधेयकलाई दलहरुले सहमतीको आधारमा विषयगत समितिमा छलफल गरी प्रतिनिधि सभामा पेश गरिएको पनि स्मरण गराउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया निष्कर्षमा नपुगोस् भन्ने तत्वहरु रहेको भन्दै त्यसप्रति सजग रहनुपर्ने आवश्यकता पनि औल्याउनुभयो ।
प्रमुख सचेतक बर्तौलाले पीडित पक्ष, सर्वोेच्च अदालतको अदालतको आदेश र अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरुले दिएको सुझावको आधारमा सो विधेयक आएकाले त्यसप्रति शंका गरिरहनु आवश्यक नभएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्