७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


देशको लोकतन्त्रलाई कसैले हल्लाउन सक्दैन भन्ने सन्देश गएको छ : मन्त्री चौरसिया


169
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउन शिर्ष नेताहरुले गरेको सम्बोधन ऐतिहासिक भएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री चौरसियाले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने शुद्ध भावनाका साथ सांसदहरुले सम्बोधन गर्नुले लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश गएको बताउनुभएको हो ।

मन्त्री चौरसियाले देशको लोकतन्त्रलाई कसैले हल्लाउन नसक्ने सन्देश गएको बताउनु भयो । उहाँले विधेयक पीडितहरुको पक्षमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सबैले एक स्वरमा शान्ति प्रक्रिया निस्कर्षमा पु¥याउने शुद्ध भावनाका साथ संसदलाई सम्बोधन गर्नुभएको छ । यसले यो देशको लोकतन्त्र दिगो छ, बलियो छ, यसलाई कसैले हल्लाउन सक्दैन भन्ने सन्देश देशभित्र गएको छ । विधेयक द्वन्द्वपीडितमैत्री छ । पीडितहरुको पक्षमा छ । पीडितको स्वतन्त्र सहमती भएमात्रै मेलमिलाप हुने भनेको छ । आउने दिनमा नेपालमा पुनः यस्तो अवस्था नआउनेगरी व्यवस्था गरेको छ ।’

मन्त्री चौरसियाले देशमा पुनः द्वन्द्वको अवस्था नआउने गरी विधेयकमा व्यवस्था गरिएको बताउनुभयो ।