१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतको ७८ औं स्वतन्त्रता दिवस आज


130
Shares

एजेन्सी । भारतले आज आफ्नो ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको दिनको सम्झनामा हरेक वर्ष अगस्ट १५ तारिखका दिन भारतले आफ्नो स्वतन्त्रता दिवस मनाउदै आएको छ ।

७८ औं स्वतन्त्रता दिवसका अवरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिल्लीको ऐतिहासिक लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो वर्षको स्वतन्त्रता दिवसकाक्रममा लालकिल्लामा झन्डै ६ हजार विशेष अतिथिलाई आमन्त्रण गरिएको जनाइएको छ ।

यसअघि स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा सम्बोधन गदै भारतको अर्थतन्त्रको प्रगतिको कामना गर्नुभएको छ ।