१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन


1.352k
Shares

काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा उहाँको निधन भएको हो ।

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार गराइ रहनुभएका रेग्मीको बुधबार राति निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिनुभयो ।

न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो ।

न्यायाधीश रेग्मीको असामयिक निधन भएकामा शोक व्यक्त गर्दै उच्च अदालत पाटनले आजका निम्ति निर्धारित सबै कामकारवाही स्थगित गरेको छ ।