
काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाीई सबै क्षेत्रमा लागू गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शेर्पाले देशमा राष्ट्रिय परिचयपत्रको बारेमा धेरै प्रश्न उठ्ने गरेको बताउनुभयो । उहाँले सरकारबाट गल्ती कमजोरी भएको भए पनि त्यसमा सुधार गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
सांसद शेर्पाले राष्ट्रिय परिचयपत्र लागू गर्दा निश्चित समय तोक्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक सुरक्षा भत्ताहरुमा हुने अनियमितता पनि राष्ट्रिय परिचयपत्र लागू भएपछि कम हुँदै गएको बताउनुभयो । उहाँले राष्ट्रिय परिचय पत्र लागू गराउन सबैले पहलकदमी लिनुपर्ने बताउनुभयो ।
सांसद शेर्पाले संविधान संशोधन एउटा प्रक्रियाबाट हुने बताउनुभयो । उहाँले सत्तामा बस्ने शासकहरुले विधिको शासन चलाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्