२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देश रहरमा चल्दैन : सांसद भट्ट


195
Shares

काठाडौं । राष्ट्रिय सभा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताउनुभएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद भट्टले यस्तो बताउनुभएको हो ।

नेकपा (माओवादी केन्द्र)का सांसदको सवालमा जवाफ दिँदै सांसद भट्टले देश कसैको रहरमा नभइ कानून र विधि अनुसार चल्ने बताउनुभयो । उहाँले संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको बताउनुभयो । उहाँले सरकार गयो भन्ने धङधङीमा नरहन माओवादीलाई आग्रह गर्नुभयो ।

सांसद भट्टले देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरु सबैको उद्देश्य दजनताको सेवा गर्ने हुनुपर्ने बताउनुभयो । विपद्मा परेकाहरुको उचित व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्नुभयो ।

सांसद भट्टले विपत्तिमा परेकाहरुलाई सरकारले छिटो भन्दा छिटो राहतको व्यवस्था गर्न आग्रह गर्नुभयो ।