१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युत उत्पादनमा जोड दिन उर्जा राज्यमन्त्री तामाङको आग्रह


0
Shares

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले विद्युत उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो बताउनुभएको हो ।

राज्यमन्त्री तामाङले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतभ्रमणमा जाँदा १० वर्षमा १० हजार मेगावट विद्युत निर्यात गर्ने सम्झौता भए बमोजिम भारतमा विद्युत निर्यातको लागि प्राधिकरणले उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले हाईड्रोपावर बनाउन लाइसेन्स लिएको दुई वर्षमा काम सुरु गर्ने भएपनि लाइसेन्स लिएर घरमा राख्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।

राज्यमन्त्री तामाङले जलविद्युत उत्पादनको लागि भएका बैंक तथा वनका समस्यामा सरकार सहजिकरण गर्न तयार रहेको बताउनुभयो । उहाँले भारतले नेपाललाई पेट्रोलियम पदार्थमा हरेक महिना दुई पटक मूल्य घटाउने र बढाउने गरेकोप्रति आपत्ति जनाउनुभयो ।

राज्यमन्त्री तामाङले मुलुकमा धेरै भन्दा धेरै जलविद्युत उत्पादन गर्नसके मात्रै उज्यालो देश बनाउन सकिने बताउनुभयो ।