२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रिय कमिटी बैठक असोजको पहिलो हप्ता बस्ने


104
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले असोजको पहिलो हप्ता केन्द्रिय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले असोजको पहिलो हप्ता केन्द्रिय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

केन्द्रिय कमिटी बैठक अगाडि सबै प्रदेशमा जबस मोर्चा, सल्लाहकार समिति र आयोगहरुको परामर्श समिति बैठक बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रदेशका बेठकहरुमा अध्यक्षदेखि उपमहासचिवसम्मका पदाधिकारीहरु उपस्थित हुने उहाँले बताउनुभयो ।

प्रवक्ता सापकोटाले वागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते, गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्ने बताउनु भयो । उहाँका अनुसार ३ वटा केन्द्रिय आयोगको १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चको २९ र ३० गते र जवस, मोर्चाहरुको २७ र २८ गते बैठक बस्नेछ ।

प्रवक्ता सापकोटाले प्रदेशहरुको बैठक सकिएपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशको पनि बैठक बस्ने जानकारी दिनुभयो । उहाँले बैठकले सदन, सडक र माओवादी केन्द्रको नेतृत्व रहेको १२२ स्थानीय तहमा पार्टीको भुमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको बताउनुभयो ।