
काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले गाईजात्रा नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कलाकार गजुरेलले गाईजात्रा कलाकारहरुको आर्थिक उपार्जनको अवसर मात्रै नभइ नेपालको अग्र्यानिक संस्कृतिको संरक्षण भएको बताए । उनले अहिले देशको आर्थिक अवस्था कमजोर भएको बताए ।
सो अवसरमा गजुरेलसहित कलाकार शैलेन्द्र शिम्खडा, सुवोध गौतमले गाईजात्रा विशेष प्रश्तुती प्रश्तुत गरेका थिए ।
हरेक वर्ष गाईजात्राको अवसरमा सामाजिक, राजनीतिक, सांस्कृतिक बेथितिबिरुद्ध कलाकारहरुले व्यंग्य गर्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्