२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अफगानिस्तानमा पार्किङ स्थलमा राखिएका ट्रकहरुमा आगलागी


273
Shares

एजेन्सी । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहरमा भन्सारको पार्किङस्थलमा आगलागी हुँदा व्यापारिक सामान बोकेका धेरै ट्रकहरू खरानीमा परिणत भएका छन् ।

भन्सार कार्यालयका डेपुटी मौलावी इस्मातुल्लाह यासारले आगलागीबाट ठूलो धनको क्षति भएको बताउनुभयो । प्राविधिक समस्याका कारण लागेको आगलागीले पार्किङस्थल र नजिकैका डिपोमा रहेका धेरै ट्रकहरू जलाएर ठूलो क्षति पु¥याएको बताउनुभयो ।

प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल्लाह इन्साफले आगलागीबाट कुनै मानवीय क्षति नभएको बताउँदै लाखौं अमेरिकी डलरको धनमालको क्षति हुनसक्ने र यकिन तथ्यांक मूल्याङ्कन र अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने बताउनुभयो ।